काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । रक्षामन्त्री रिजालले विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवालाई पुगेर राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री देउवाले गत असोज २२ गते रिजाललाई रक्षामन्त्रीमा नियुक्त गरेका थिए । प्रारम्भिक मत परिणाम आएलगतै नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामाको घोषणा गरेका थिए ।रिजाल नेपाली कांग्रेसको महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थिए ।

उनले ८०९ मत प्राप्त गरेका छन् । केही समय अगाडि मात्रै महामन्त्रीमा गगन थापाले ३ हजार २३ मत र विश्वप्रकाश शर्माले १९ सय ८४ मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित भएका छन् ।

















