काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूको चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ । आउँदो माघ १२ गते हुने उक्त चुनावमा सहभागी हुने राजनीतिक दलले यही पुष १० गतेभित्र दल दर्ता गर्न आह्वान गरिएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै चुनावमा जान चाहनेले दल दर्ताका लागि तोकिएको ढाँचामा आवेदन दिन आह्वान गरेको हो । दल दर्ता गर्दा सम्बन्धित पार्टीकाे केन्द्रीय समितिकाे निर्णयका साथै दलकाे विधान, नियमावली, घाेषणापत्र तथा चुनाव चिन्ह लगायत कागजात पेश गर्नुपर्नेछ ।

















