Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्थानीय निकायमा भ्रष्टाचारको चाङ

स्थानीय निकायमा भ्रष्टाचारको चाङ

काठमाडौं । पालिकाहरूमा अख्तियारकाे लगातार छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । रिसालले भने, ‘टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।’उनले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको जानकारी दिनुभयो ।

उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
यसैबीच कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोग केन्द्रीय कार्यालयको टोलीले छापा हान्दै अनुगमन सुरु गरेको हो । नगरपालिका विरुद्ध अख्तियारमा उजुरीको चाङ लागेपछि अनुसन्धान गर्न टोली खटिएको हो । टोलीले बिहान ९ बजेदेखि साँझसम्म कार्यालयमा रहेको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धान गर्न उपसचिव बद्री प्रसाद कार्कीको नेतृत्वमा टोली खटिएको छ । नगरपालिकाका सम्बन्धमा परेका उजुरी र गुनासोका विषयमा स्थलगत रूपमा छानबिनका लागि टोली खटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनले नगरपालिकामा भएका कामको विषयमा केही उजुरी परेकोले सबै उजुरीको स्थलगत अध्ययन हुने बताए । नगरपालिकामा भएका खरिदसँग सम्बद्ध र निर्माणसँग सम्बद्ध विषयमा उजुरी परेको थियो । उजुरीका विषयमा र त्यस सँग जोडिएका अन्य पक्षलाई लिएर छानबिन गरिएको छ । पहिलो दिन कार्यालयमा रहेका कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिने र निर्माणको कामको स्थलगत अनुगमनसमेत हुने प्रवक्ता रिसालले बताए ।

यसैबीच उदयपुरको वेलका नगरपालिकामा मिडिया सेन्टर स्थापनाको नाममा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरी सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ ।मिडिया सेन्टर स्थापना गर्ने भनेर प्रदेश सांसद कोषबाट छुट्याइएको रकममा अनियमितता भएको आशंकापछि आयोगको कार्यालय इटहरीमा उजुरी परेको थियो । अनियमितताको आशंकामा वेलका नगरापलिकाकै एक कर्मचारीले समेत अख्तियारमा उजुरी दर्ता गराएको बताइएको छ ।

अख्तियारको इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाले उजुरी परेको र यस विषयमा अख्तियारको केन्द्रीय कार्यालयमा फाइल पठाइएको जानकारी दिए । उनका अनुसार केन्द्रमा समेत उजुरी दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्छ ।उजुरीपछि अख्तियारले नगरपालिकाबाट यससँग सम्बन्धित फाइलहरु लगेको छ ।

अनुसन्धान गर्नु पर्ने देखिएको भन्दै अख्तियारले कागजातहरु लगेको नगरपालिकाका सूचना अधिकारी चेतनाथ गौतमले जानकारी दिए । प्रदेश सभा सदस्य विमल कार्कीको निर्वाचन क्षेत्र वेलका नगरपालिकामा अघिल्लो वर्षको बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । नगरपालिकाकाले मिडिया सेन्टर स्थापना गर्नका लागि एउटा कोठा उपलब्ध गराएको थियो ।नगरका सूचना अधिकारीका अनुसार केही पत्रकारहरुको आग्रहमा १० लाख रुपैयाँ नै भुक्तानी भइसकेको छ ।

कम्प्युटर तथा क्यामेरा लगायतका सामग्रीहरु खरिद गरिएको भनिएपछि भुक्तानी दिइएको उनले बताए । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सञ्चालन) नियमाली, २०७८ विपरीत खर्च गरिएको अख्तियारले बताएको छ ।

यसैबीच कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।भर्खर सम्पन्न भएको आर्थिक वर्ष २०७७÷७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछिअख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।नगरपालिकाले सडक पूर्वाधारतर्फका केही योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरेको उजुरीपछि छापा हानिएको अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जानकारी गराए ।

‘हामीलाई नगरपालिकाले काम नसकिदै बजेट भुक्तानी गरेर आर्थिक अनियमितता गरेको भन्ने उजुरी प्राप्त भएको उनले जानकारी गराए । सोही आधारमा बुधबार नगरपालिकामा छापा हानेर अनुन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको उनले जानकारी गराए ।दोधारचाँदनी नगरपालिकाले गत आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न हुनुपर्ने सडक कालोपत्रेका योजनामा काम नसकिदै भुक्तानी दिदै अनियमितता गरेको दाबी गरिएको अख्तियारले जनाएको छ ।

सुनसरीका भोक्राहा नरसिंह गाउँपालिकामा छापामा मारेको छ । अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यका खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो । उक्त दुई पालिकामा ठूलो अनियमितता भएको आशंका छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh