Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जुनियर भनिएका शेखरले चुनाव जितेनन्, तर स्वतः नेता भए


जुनियर भनिएका शेखरले चुनाव जितेनन्, तर स्वतः नेता भए

काठमाडौं । ‘तपाईंहरुले बुझ्नुहोस् पार्टीको यो नेतृत्वले काम गर्दैन, सभापतिमा मेरो उम्मेदवारी नेतृत्वविरुद्ध पनि हो’, २ मंसिरमा मिडियाका सम्पादकहरुसँग कांग्रेस नेता प्रकाशमान सिंहले पटकपटक भने, ‘कांग्रेसमा राजनीति मेवाका लागि भयो। सेवाका लागि भएन।’सम्पादकहरुसँग मात्र होइन पछिल्लो महाधिवेशनको सेरोफेरोमा नेता सिंहबाट आएका सबै अभिव्यक्तिमा पार्टी सभापति शेरबहादुर देउवाविरोधी भाष्य निहित थियो।

कतिपय अन्तर्वार्ता र भाषणहरुमा उनले ‘कांग्रेसको असक्षम नेतृत्व बदल्न संस्थापन इतर समूह एक ठाउँमा उभिने नै हो’ अडान दोहोर्याइरहे।देउवा समूहबाट विद्रोह गरेर सभापतिको उम्मेदवार बनेका पार्टी उपसभापति विमलेन्द्र निधिले पनि १४औं महाधिवेशनको निर्वाचन दोस्रो चरणमा पुगे आफूहरु सबै देउवाविरुद्ध उभिने भनाइ सार्वजनिक गरेका थिए।

सभापति देउवाले आफूलाई किनारामा पारेको चोट निधिको मनमा थियो। महाधिवेशन प्रक्रियाको प्रारम्भमा देउवाबारे केही टिप्पणी नगरेका निधिले केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदानको सम्मुखमा ‘देउवाविरुद्ध एक हुने हो’ भन्ने प्रतिक्रिया दिएका थिए। महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वका लागि भएको मतदानमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि कांग्रेस समीकरणले नयाँ मोड लियो।

यसअघि देउवाप्रति असन्तुष्ट भनिएका नेता सिंह र निधिले सभापतिमा दोस्रो मत ल्याएका शेखर कोइरालालाई समर्थन गर्ने अपेक्षा गरिएको थियो । निर्वाचनमा ८३ मत कम भएपछि हुने दोस्रो निर्वाचनका लागि सहयोग माग्न देउवाले आफ्नो दूत बनाएर गृहमन्त्री बालकृष्ण खाँडलाई चाक्सीबारी पठाए। खाँडले नेता सिंहलाई भेटेपछि लगत्तै देउवा आफैं सिंहसँग कुराकानी गर्न चाक्सीबारी गए।

त्यसैगरी देउवाले अर्का नेता विमलेन्द्र निधिसँग पनि उनकै निवास बानेश्वर पुगेर भलाकुसारी गरे। देउवासँगको भेटपछि दुवै नेताहरुको बोली फेरियो। सिंह र निधिले देउवालाई समर्थन गर्ने अभिव्यक्ति दिएसँगै सभापतिको निर्वाचनमा जम्मा २० मत ल्याएका कल्याण गुरुङले समेत देउवालाई साथ दिने अभिव्यक्ति दिए।


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणमा पराजित भएका छन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् ।तर दोस्रो चरणमा पनि शेखरले आफ्नो मत भने बढाएका छन् ।पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए ।

देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाए । अर्थात कोइरालाले ३६.३८ प्रतिशत मत पाए ।दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका कारण कोइरालाको हार निश्चित जस्तै थियो । तर उनले प्रतिस्पर्धा रोजे ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्यो । २७३३ मत पाएर देउवा सभापति निर्वाचित भए भने कोइरालाले १८५५ मत पाए । अर्थात उनले ४०.१३ प्रतिशत मत पाएका छन् ।


कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा पराजित भएका शेखर कोइराला पार्टीमा देखिएका दुई धारमध्ये एउटा धारको नेताका रूपमा स्थापित भए ।युवा पुस्तालाई समेटेर उम्मेदवार बनेका उनी पछिल्लो पुस्ताले विश्वास गरेको नेता त बने नै, विगतको भूमिकाभन्दा फरक र सक्रिय रहने अवस्थामा पुगेका छन् । पार्टी नेतृत्वको आकांक्षी बन्ने रोलक्रम केलाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताले उनलाई ‘जुनियर’ को आरोप लगाए ।

पार्टीका ‘सिनियर’ नेताहरू र परिवारका सदस्यहरूले समेत सभापतिको उम्मेदवार बनाउन नचाहेपछि युवाको आडमा चुनावी प्रतिस्पर्धामा उत्रेका शेखर अन्ततः पार्टीमा बनेका दुई समूहमध्ये एउटाको नेता बनेका छन् ।छोटो समयमा कांग्रेसभित्र लोकप्रिय बन्दै गरेका शेखर कोइरालाको राजनीतिक ‘हाइट’ कांग्रेस नेतृत्वका लागि बनिसकेको छैन। देउवा इतर समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार बनाउन भएका कतिपय बैठकमा नेता प्रकाशमान सिंहले शेखरको राजनीतिक योग्यता र अनुभवप्रति घुमाउरो पारामा प्रश्न उठाउँदै आएका थिए।


१४ औं महाधिवेशनमा आफू जित्न देउवाले कृष्ण सिटौलाको समूहसँग सहकार्य गरे। यो सहकार्यले देउवा समूहभित्रको मनोविज्ञान र शक्ति संघर्षको स्वरुप बदल्ने देखिन्छ। सिटौला समूहबाट प्रदीप पौडेल र आफ्नै समूहबाट डा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएपछि समूहभित्रका केही प्रभावशाली नेताहरु देउवासँग असन्तुष्ट छन्।प्रदीप पौडेलभन्दा सिनियर र अनुभवी एनपी साउद, बालकृष्ण खाँड र रमेश लेखक यसपटकको महाधिवेशनबाट देउवाले आफूहरुलाई किनारामा पारे / शेखरका हकमा रामचन्द्र पौडेल खुलेर लागेनन्।

उनले आफू समूहभित्र सर्व स्विकार्य नेता नभएपछि महाधिवेशन प्रक्रियाबाटै अलग रहने निधो गरे। निधि र सिंह शेरबहादुतिर लागे। आफ्नै परिवारका शशांक पनि मौन बसिदिए र सुजाता सिंहसँगै देउवातिर खुलिन्। चुनावी रुपमा एक्लिए पनि शेखर एउटा बलशाली समूहको नेता स्थापित भए।शेखरसँग गगन थापा, मिनेन्द्र रिजाल, धनराज गुरुङ र चन्द्र भण्डारीदेखि कमला पन्त जस्ता क्रियाशील र आशा लाग्दा नामहरु पार्टी परिवर्तनको एजेन्डा छ।


कोइराला परिवारका तीन उत्तराधिकारीले सयपत्रीको एउटै मालाभित्र उभिएर आफूहरू एक भएको सन्देश दिएका थिए। पार्टीको महाधिवेशनमा सभापतिका पदका लागि महामन्त्री डा शशाङ्क र केन्द्रीय सदस्य डा शेखर गरी दुई आकांक्षी थिए।दुबैका आआफ्नै गुट र कार्यकर्ता सञ्चालित थिए।तीन उत्तराधिकारीले महाधिवेशनमा जो भए पनि आफ्नो परिवारबाट एक जनामात्र सभापतिको प्रत्यासी हुने सन्देश दुई वर्षअघि नै दिइसकेका थिए।

त्यसपछि यस्तो सन्देश दिने उद्देश्यले पटकपटक ससाना कार्यक्रमको आयोजना भइरहेका थिए। यस पटक भने प्रदेश नम्बर १ र २ का काङ्ग्रेसका अगुवा र महत्त्वपूर्ण नेतासमेत बोलाएर बृहत् भेलामार्फत् कोइराला परिवारभित्रको एकता प्रस्तुत गरिएको थिए।कोइराला परिवारमा एकताको सन्देश दिँदै डाक्टरद्वय शशाङ्क र शेखरले आफूहरू हिजो पनि एक थियौँ आज र भोलि पनि एक हुनेछौँ भन्ने घोषणा गरे। शशाङ्कको मन्तव्य पारिवारिक विरासत र राजनीतिभन्दा माथि उठेको थियो।‘हामी तीन जना त शारीरिक रूपमा कोइराला परिवारका सदस्य हौँ, हामीमा रगतको नाता छ’, उपस्थित कार्यकर्तालाई महामन्त्री शशाङ्कले भने, …तर कर्मले र राजनीतिले तपाईंहरू सबै बिपी र गिरिजाबाबुका सन्तान हुनुहुन्छ। हामीसरह हुनुहुन्छ।’


डा शेखरले कोइराला परिवारका तीन उत्तराधिकारी एकताबद्ध र सक्रिय रहेको बताए।‘तीन जना कोइराला तीनतिर फर्किएका छन् भन्ने भ्रम कार्यक्रमले निवारण भएको छ’, शेखरको कथन थियो, ‘नेपाली काङ्ग्रेसमा अहिले नेताको खडेरी परेको छ। पार्टी गुटउपगुटमा विभाजित छ। राजनीतिक अस्थिरता छ। आँटिला नेता देखिएका छैनन्। यस्ता बेलामा हामी बिपी र गिरिजाबाबुको सपना पूरा गर्न तयार छौँ।’ कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा पराजित भएका शेखर कोइराला पार्टीमा देखिएका दुई धारमध्ये एउटा धारको नेताका रूपमा स्थापित भए ।

युवा पुस्तालाई समेटेर उम्मेदवार बनेका उनी पछिल्लो पुस्ताले विश्वास गरेको नेता त बने नै, विगतको भूमिकाभन्दा फरक र सक्रिय रहने अवस्थामा पुगेका छन् । बीपी कोइरालाका छोरा शशांक , गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले आफैंले नेतृत्व गर्ने वा परिवारका सदस्य शेखरलाई जिताउने भूमिका देखाएनन् । बीपीपुत्र र गिरिजापुत्रीले महाधिवेशनमा निर्वाह गरेको भूमिकाले कोइराला परिवारको राजनीतिक लिगेसी अब स्वाभाविक रूपमा शेखरमा जोडिएको छ ।शेखर बीपीका भाइ केशवका छोरा हुन् ।

निर्वाचनको नतिजा जे आए पनि अब कांग्रेसमा देउवा–कोइराला समूह बनेको छ । त्यसको नेतृत्वमा शेखर रहने परिस्थिति बनेको छ । निर्वाचनमा आएको मतका आधारमा उनीसँग रहेको युवा पंक्तिको राजनीति पनि यही समूहसँग जोडिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh