काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले पार्टीमा नेतृत्वको गति रोएिको बताउँदै कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्नुपर्ने सही बेला आएको बताएका छन् ।
शुक्रबार पार्टीको १४ औँ महाधिवेशनमा मन्तव्य राख्ने क्रममा उनले पार्टीमा अहिले नेतृत्वको गति रोकिएको भन्दै अब कार्यकर्ताले मूल्यांकन गर्ने बेला भएको बताएका हुन् ।
‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । जब कार्यकर्तासँग त्यो क्षमता हुन्छ, तबमात्रै हामी अघि बढ्न सक्छौँ,’ उनले भने, ‘अहिले हाम्रो पार्टीको, नेतृत्वको गति रोकिएको छ, पार्टीलाई यो अवस्थाबाट अगाडि बढाउनका लागि यो महाधिवेशन एउटा अवसर हो । यो भ्रष्टाचार, कमिसनतन्त्र जसरी देखिएको छ, यसबाट मुलुकलाई मुक्त गर्नका लागि हामीले अहिले सोच्ने बेला भएको छ ।’
देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको बताउँदै पौडेलले नीति तथा कार्यक्रमका बारेमा गम्भीर छलफल गर्नुपर्ने बेला आएको पनि बताएका छन् । त्यसैले यसबारे सोच्न पनि उनले सबैलाई आह्वान गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !