झापा । झापा मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ बर्षिय केयर सिंह र भारत मौगा का २५ बर्षिय सुखजित सिंह रहेका छन् ।

हिजो बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

















