काठमाडाैं । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत तुल्सीपुर बुटवलमा २०७८ मंसिर १९ गते दायर गरिएको छ।राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार, जिल्ला रुपन्देही समरिमाही गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भएका कशौधन कवाड सप्लायर्स (स्थायी लेखा नं. 305143024) का प्रोपराइटर वर्ष ३२ का प्रमोद कुमार गुप्ता राजश्व चुहावट गरेकाे अभियाेग कारवाहीमा परेका छन् ।

गुप्ताकाे फर्मले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिहरुलाई विक्री गरी सो को लेखाङ्कन नगरी मु.अ.कर तथा आयकर छली गरी राजस्व चुहावट गरेको फेला परेकाे छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार, निज उपर कायम भएको विगो र सजायको मागदावी यस प्रकार रहेकाे छ । राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (ख) (ज) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको छ ।
सोही ऐनको दफा २ (छ१) हुन आउने मु.अ.कर तर्फ रु. ६,३१,४८, २६६।- र आयकर तर्फ रु. १६,०५,४५,२१३।- समेत जम्मा हुन आउने कुल विगो रु.२२,३६,९३,४७९।- (बाईस करोड छत्तिस लाख त्रियानब्बे हजार चार सय उन्नाअसी रुपैयाँ) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ को दफा २३ (१) बमोजिम निजबाट विगो रु.२२,३६,९३,४७९।- असुल गरी सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. २२,३६,९३,४७९।- जरिवाना तथा दफा २३ (१)(ग) बमोजिम हदैसम्मको ३ वर्षसम्म कैद सजायको माग दावी गरी राजस्व अनुसन्धान कार्यालय बुटवलले अभियोग पत्र दायर गरिएको छ ।

















