काठमाडौं । नेपाल एयरलाइन्सले दुबईमा सातामा उडान संख्या थप गरेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले केक काटेका छन् । दुबईमा यसअघि हरेक दिन एक/एक वटा उडान भइरहेकोमा आइतबारबाट थप दुई (आइतबार र बुधबार) उडान हुने भएको छ ।
नेपाल एयरलाइन्सका अनुसार आइतबार थपिएको उडानका दौरान यात्रुलाई शुभकामना र कर्मचारीलाई हौसला दिन पर्यटनमन्त्री आले विमानस्थल पुगेको हुन् । जहाँ उनले रिवन काट्नुका साथै केक समेत काटेको तस्वीर नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !