सप्तरी । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्ने क्रममा महानिरीक्षक खनालले सो कुरा बताएका हुन् । सुरक्षा इकाईहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भई राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्दै उनले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बलप्रति आम जनताले गरेको भरोसा लाइ कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठनप्रति इमान्दार , नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उनले निर्देशन दिएका छन् ।आइतबार नै महानिरीक्षक उनले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ११ मा स्थापना भएको नेपाल एपिएफ ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गरेका छन् ।
एपीएफ स्कुललाइ क्षेत्रीयरुपमा बिस्तार गर्दै लैजाने क्रमम यसअघि प्रदेश नं. ५ स्थित कोहलपुर बांकेमा नेपाल एपीएफ स्कुल संचालनमा आइसकेको छ । कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो । यसैगरी आइतबार नै महानिरीक्षक उनले सप्रबल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय, सप्तरीको निरीक्षण समेत गरेका छन् ।

२०७५ साल माघ २० गते स्थापित सो शिक्षालयमा विशिष्ट प्रकारका तालिमहरु संचालन हुँदै आएका छन् । यसै बीच उनले मंसिर २० गते सोमबार प्रदेश २ अन्तर्गत सप्रबल नम्बर ११ गण रौतहट र सप्रबल नम्बर १२ गण बाराको नवनिर्मित भवनको समेत उद्घाटन गर्दै कार्यक्षेत्रमा त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीलाई निर्देशन दिएका थिए ।सो अबसरमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी एवं विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !