Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देउडा खेलेर आपसी तिक्तता मेटाउँदै सुदूरपश्चिमका कांग्रेस कार्यकर्ता

देउडा खेलेर आपसी तिक्तता मेटाउँदै सुदूरपश्चिमका कांग्रेस कार्यकर्ता

सुदूरपश्चिम । ‘बल्ल भाउले घर लैजा, त्यो गणो बाइकन…। संविधान बन्दै न बन्दो काँग्रेस नआइकन…।’’अर्थात् (भाइ, खेत जोति सकेर गोरु घर लैजानु, कांग्रेस नभएको भए संविधान बन्नै सक्ने थिएन )हाल जारी कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय अधिवेशन स्थल धनगढीको निर्माण व्यवसायी सङ्घको भवनबाहिर उक्त गीतको बोलमा आज अधिवेशनका प्रतिनिधि र अन्य कार्यकर्ताले देउडा खेलमा रमाउने अवसर पाए ।

गोलबन्द भएर खेलिएको उक्त देउडा खेलमा चर्चित देउडा गायक नन्दकृष्ण जोशी, प्रदेश कार्यसमितिको अध्यक्षका प्रत्याशी नारायणदत्त मिश्रसहितका कांग्रेस प्रतिनिधि सहभागी थिए । प्रदेश कार्यसमितिको अध्यक्षका अर्का प्रत्याशी वीरबहादुर बलायर भने देउडा खेलमा अनुपस्थित थिए ।

प्रदेश कार्यसमिति चयनका लागि भएको समूहगत प्रतिस्पर्धाका क्रममा नेता कार्यकर्ताबीच देखिएको तिक्तता देउडा खेलमार्फत मेटाउने प्रयास गरिएको देउडा खेलका गितारु (गीतकार) चेतबहादुर शाहीले बताए।

‘पार्टीमा भइरहेको गुटगत राजनीति हामी जिल्ला तहका कार्यकर्तालाई मन परेको छैन,’ शाहीले भने, ‘अधिवेशनका क्रममा पार्टीका विभिन्न पदमा आन्तरिक प्रतिस्पर्धा हुँदा नेता कार्यकर्ताबीच देखिएको असमझदारीलाई आज खेलिएको देउडामार्फत मेटाउन मद्दत पुग्ने विश्वास छ ।’

डोटीमा भएको कांग्रेसको प्रदेश अधिवेशनका क्रममा प्रतिनिधिमा पराजित शाही प्रदेश अधिवेशनको माहोलको अवलोकन गर्न अन्य नेता कार्यकर्तासँगै धनगढी आइपुगेका हुन्। अर्का गीतारु पूर्णप्रसाद न्यौपानेले देउडाको यस्तो बोलमा गीत गाउँदा सहभागीबीच माहोल तात्न पुगेको थियो ।

“मेघ लाग्यो सहर बाटी, कुहिरो फाटी फाटी…। कांग्रेसको नेतृत्व हुन्छ सुदूरपश्चिम बाटी..।”

अर्थात् (सहरबाट वर्षा सुरु हुँदै गर्दा कुहिरो पनि फाट्दै गयो, सुदूरपश्चिम प्रदेशबाट कांग्रेसको नेतृत्व हुने भयो)

खेलमा सहभागी कांग्रेसका कार्यकर्ताले प्रतिपक्षी दलका गतिविधिप्रति देउडा खेलमार्फत तिखो टिप्पणी पनि गर्न भ्याएका थिए । बाजुरा घर भएका गितारु न्यौपानेले देउडा खेल्दै गरेको खबर पाएपछि कांग्रेसको प्रदेश अधिवेशन स्थल धनगढी आइपुगेको बताए।

‘आफूलाई राजनीतिप्रति त्यति धेरै चासो छैन,’ उनले भने, ‘घर जाने क्रममा संयोगले साथीभाइसँगै देउडा खेलमा मिसिएर रमाउन पाउँदा खुसी लाग्यो ।’

देउडा खेलका सौखिनहरु रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिएका थिए । मतदानस्थल बाहिरको कालोपत्र सडकमा देउडा खेलसँगै बढेको भीडका कारण सो क्षेत्रको आवागमन आज मध्याह्नदेखि ठप्प भएको थियो । सामाजिक विकृतिविसङ्गति र समसामयिक राजनीतिबारे डेउडा खेलका माध्यमले तिखो ब्यङ्ग्य गर्दै समाजलाई सही बाटोमा डोर्याउन यस्ता गीतले मद्दत पुर्याउने गरेको उनीहरुको भनाइ थियो ।

देश सङ्घीय संरचनामा गएपछि नेपाली कांग्रेसले प्रदेश तहमा पहिलोपटक अधिवेशन गरिरहेको छ । प्रदेश कार्यसमिति छनोट गर्न आज भएको मतदानमा एक हजार तीन मतदाताले मतदान गरेका छन् । प्रदेशका सबै नौ जिल्लाबाट एक हजार २६ मतदाता रहेका थिए । आजै राति मतगणना सुरु गर्ने तयारी गरिएको कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनमा प्रदेश सभापतिमा पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर र कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नरायणदत्त मिश्रबीच प्रतिस्पर्धा छ । आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिका बलायर संस्थापन पक्षबाट तथा मिश्र संस्थापन इतर पक्षबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रदेश सभापतिसहित आठ पदाधिकारीका लागि १९ र प्रदेश सदस्यका लागि १६० जनाको उम्मेदवारी परेको छ । तीन सदस्य निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका वीरबहादुर जेठाराले जानकारी दिए।

नेकपा (एमाले)ले आफ्नो राष्ट्रिय महाअधिवेशन सम्पन्न गर्दा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यतिबेला महाअधिवेशनको चटारोमा छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh