काठमाडौं । सरकारले उद्योग विभागको महानिर्देशकको जिम्मेवारी रामचन्द्र तिवारीलाई दिएको छ । मंसिर ८ को मन्त्रिपरिषद् बैठकले विभागको महानिर्देशक रहेका जिवलाल भुसाललाई मन्त्रालयमा सरुवा गरेर तिवारीलाई विभाग लगिएको हो ।

महानिर्देशकको नयाँ जिम्मेवारी पाएका तिवारी यसअघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा थिए । एक महिनाअघि मात्रै उपसचिवबाट सहसचिव बनेका तिवारीले बिहीबार विभागमा हाजिर गरेका छन् ।

















