काठमाडौ । नेपाल वायुसेवा निगमकाे अान्तरिक क्रियाकलापमा बिभागिय मन्त्री प्रेम अाले नै बाधक बनेपछि निगम सुचारु ढंगले संचालन हुन सकेको छैन । संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम अालेले निगमको दैनिक प्रशासन संचालन सम्बन्धि काममा समेत हस्तक्षेप गरे पछि यो अवस्था अाएकाे निगमको जिम्मेवार अधिकारीहरू नै बताउँछन् । दुई महिना अघि निगमको कार्यकारी अध्यक्ष भएका युवराज अधिकारीले यो बिचमा निगम भित्र कुनै परिवर्तन गर्न सकेका छैनन् ।

यसको पछाडि मन्त्री प्रेम अाले नै भएको बताइन्छ । निगम भित्र काे मुख्य भन्सार भनेर चिनिने कमर्सियल बिभागकाे प्रमुख बनाउन कार्यकारी अध्यक्ष अधिकारीले टंक निधि दाहाललाई ल्याउने तयारी गरेका थिए। हाल साे बिभागकाे नेतृत्व गरिरहेका जनक राज कालाखेती धेरै बिबादमा परेको र कमिशन दिने एवं अाफु निकटका ट्राभल्स एजेन्टलाई मात्रै बढी टिकट हाेल्ड गराउने तर अनि कतिपय अवस्थामा जहाज धेरै खाली उड्ने भएको समेत देखिएपछि उनलाई अधिकारीले हटाउन चाहेका छन् ।
त्यसाे त कालाखेती यस भन्दा अघि पनि साेही बिभाग प्रमुख भएका थिए र त्यतिबेला पनि धेरै बदनाम भएका थिए। निगममा उनी धेरै बिबादास्पद कर्मचारीका रूपमा चिनिन्छन। दिउँसो टिकट दिने र राति तिनै ट्राभल्सका मालिकहरूसंग रमाइलोमा हराउने गरेको साेही बिभागका कर्मचारीहरू बताउँछन् ।
कार्यकारी अध्यक्ष अधिकारीले ल्याउन खाेजेका टंक निधि दाहाल मन्त्री अालेकै कारण राेकिएका छन् । लकडाउनकाे समयमा कमर्सियल बिभागकाे प्रमुख भएको समयमा चार्टर फ्लाइट गर्दा दाहालले धेरै घाेटला र अनियमितता गरेको जानकारी पाएपछि मन्त्री अालेले उनलाई उक्त बिभागमा अाउन राेकेकाे समेत निगमका उच्च तहका कर्मचारी बताउँछन् ।
बन मन्त्रालयबाट हटेपछि तत्कालीन प्रधानमन्त्री केपी अाेलीकाे पछिल्लो सरकारमा अाले पर्यटन मन्त्री बन्न दाैडधुपमा थिए । तर मन्त्री नबनेपनि उनलाई चार्टर फ्लाइटकाे घाेटलाका बारेमा धेरै जानकारी भएको कारण पनि उनी दाहाललाई कमर्सियल बिभाग प्रमुखमा ल्याउन चाहदैनन् । जसको कारण कालाखेतीकाे सरूवा हुन सकेको छैन ।

















