Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा भिड्ने

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा भिड्ने

झापा । नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट संघीयताको अभ्यास गर्दैछ । आफ्नै नेतृत्वको सरकारले बनाएको संविधानको ६ वर्षपछि मात्र कांग्रेसले पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको हो ।

जसअन्तर्गत प्रदेश १ मा शुक्रबार अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ । प्रदेश १ का लागि कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाको कांग्रेस राजनीतिमा स्थापित उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस महामन्त्री डा. शशांक कोइराला निकट घिमिरेलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोग छ । यस्तै, झापाका थापा पार्टी नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा समूहको पनि साथ रहेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति भएर काम गरेका घिमिरे कांग्रेसका बौद्धिक नेता हुन् । लामो समय विद्यार्थी राजनीतिमा खारिएका घिमिरे दुई कार्यकाल केन्द्रीय सदस्य भए । अहिलेका उनी केन्द्रीय कार्यसमिति सदस्य हुन् । उनका समकालीन युवा केन्द्रीय सदस्य पार्टी केन्द्रीय समितिको पदाधिकारी दाबी गर्दै गर्दा उनी भने प्रदेश सभापतिमा दाबी गरिरहेका छन् ।

‘मैले मेरो व्यक्तिगत राजनीतिक प्रगतिलाई प्रगति ठानिनँ । पार्टीको विधानले प्रदेश संरचना भने पनि यसले मूर्त रूप पाएको छैन । हामीले शून्यबाट सुरु गर्ने हो । भूगोल भए पनि पार्टी कार्यालय छैन,’ उनी भन्छन्, ‘तर, म प्रदेश-१ लाई शून्यबाट सुरु गरेर पार्टी कसरी चलाउने भन्ने नमुना प्रस्तुत गर्न चाहन्छु ।’

घिमिरेले पार्टीको प्रदेश सभापति निर्वाचित भए पार्टी नेतृत्वले कसरी काम गर्छ भन्ने देखाउने बताए । ‘राज्य पुनर्संरचनापछि खडा भएको प्रदेश पार्टी संरचनाका लागि नयाँ हो । यसले पार्टीको केन्द्र र स्थानीय तहलाई समन्वय गर्ने काम गर्छ । यसले संघीयतालाई जरादेखि मजबुत बनाउँछ । पार्टीको आन्तरिक जीवन लथालिङ्ग र भताभुङ्ग छ । यसलाई व्यवस्थित गर्नु छ । विधि र पद्धतिको निष्ठापूर्वक अभ्यास भएको छैन । नेतृत्व गतिशील छैन । पार्टीमा अनुशासन छैन,’ घिमिरेले न्युज कारखानासँग भने ।

पार्टीमा न्याय र मूल्यांकन कमजोर रहेको उनले बताए । यसलाई सुधार गरेर भ्रातृ संगठन र पार्टीको अंगलाई चलायमान बनाउन जरुरी उनको भनाइ छ । यसका लागि राजनीतिक आन्दोलनबाट खारिएको नेतृत्व आवश्यक रहेको घिमिरेले बताए ।

‘लामो विद्यार्थी आन्दोलन र पार्टीमा दुई पटक केन्द्रीय सदस्य भएको अनुभवले म यसका लागि योग्य छु । पार्टी कार्यालय र पार्टी कसरी चलाउने म नमुना प्रस्तुत गर्न चाहन्छु । पार्टीका गतिविधि, कसरी हुन्छ, भ्रातृ संगठन कसरी परिचालन गर्ने, पार्टीमा युवाको आकर्षण कसरी बढाउने भन्ने देखाउन चाहन्छु म,’ उनले भने ।

यस्तै, नेपाली कांग्रेसको तल्लो तहबाट काम गर्दै झापाको दुई पटक सभापति भएका थापाले संघर्षबाट खारिएका कारण आफू प्रदेश सभापतिका लागि योग्य भएको बताए । उनले पार्टीमा तल्लो तहबाट काम गरेको अनुभवका आधारमा प्रदेश सभापति भएर सदुपयोग गर्ने बताए । ‘तल्लो तहको अनुभवले मलाई प्रदेश सभापति भएर काम गर्न कुनै अप्ठ्यारो हुँदैन । पार्टीमा प्रदेशको नयाँ अनुभव गर्दैछौँ । संगठनलाई र इतिहासलाई म जीवन्त राख्छु । पार्टीको इतिहास जीवन्त रह्यो भने मात्र पार्टी जीवन्त रहन्छ,’ उनले भने ।

थापाले पार्टीलाई विकास र राजनीतिमा सँगसँगै जोडेर लैजाने बताए । ‘विकास र राजनीतिलाई सँगै लिएर गए मात्र हामीले राजनीतिमा सफलता प्राप्त गर्न सक्छौँ,’ उनले भने, ‘यसो गरेमा पार्टी सफल बन्छ । किन भने जनता विकासमा जोडिएका छन् । जनता विकास चाहन्छन् । पार्टीको माध्यमबाट जनतालाई विकास दिनसक्नुपर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh