Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कांग्रेस महाधिवेशन ६१ जिल्लामा अधिवेशन सम्पन्न ,देउवापक्ष बहुमत


कांग्रेस महाधिवेशन ६१ जिल्लामा अधिवेशन सम्पन्न ,देउवापक्ष बहुमत


काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशन पछि मात्र हुने समितिले जनाएको छ ।

१४औं महाधिवेशनका लागि भएका जिल्ला अधिवेशनहरुमा सभापति शेरबहादुर देउवापक्ष स्पष्ट बहुमततर्फ अगाडि बढेको छ। कांग्रेसको वर्तमान संस्थापन (देउवा)पक्षले जित हात पारेका जिल्ला सभापतिको संख्यामा गरेको सुधारलाई आधार बनाउँदा सभापति देउवा बलियो देखिएका हुन्।
गत महाधिवेशनमा जिल्ला सभापतिमा अल्पमतमा रहेका देउवाले १४औं महाधिवेशनमा बहुमत सभापति आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। हालसम्म सार्वजनिक जिल्ला सभापतिको विजयी अंकमा देउवापक्ष बहुमतमा देखिएको छ।

हालसम्म अधिवेशन सकिएका ६१ जिल्लामध्ये ३१ जिल्ला सभापति देउवापक्षका विजयी भएका छन् भने २७ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले जितेको छ। झापा र बागलुङमा नेता कृष्णप्रसाद सिटौलापक्षका सभापति विजयी भएका छन्। जाजरकोटमा सर्वसम्मतिले सभापति चुनिएका वेदराज सिंह हालसम्म तटस्थ देखिएका छन्। सिंह थपिँदा ३२ जिल्ला सभापति देउवापक्षमा पुग्छ।संस्थापनइतरले आफ्नो पक्षमा आउने भनी दाबी गरेका केही जिल्लामा सभापति गुमाएको छ। साे पक्षले लमजुङ, ताप्लेजुङ, कास्की, रामेछाप, इलाम, काभ्रे, सोलुखुम्बु, तनहुँलगायत जिल्लामा सभापति गुमाएको हो। ती स्थानका सभापति आफ्नो पक्षबाट विजयी हुनेमा संस्थापनइतर ढुक्क जस्तै थियो।कास्कीमा संस्थापनइतरका चार सभापति एक स्थानमा उभिँदासमेत किशोरदत्त बरालले जित निकालेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नै उनी पक्षीय सभापतिका प्रत्यासी बैकुण्ठ न्यौपाने पराजित भएका थिए। तनहुँमा विजयी जितप्रकाश आलेलाई नेता पौडेलले आफू निकट भनेपनि उनी संस्थापनको बलले विजयी भएका हुन्। हाल तटस्थ रहेको बताउँदै आएका जाजरकोटका सभापति वेदराज सिंह पनि आफ्नै समूहको भएको संस्थापनपक्षको दाबी छ।
बैतडीका जिल्ला सभापतिमा विजयी चतुरबहादुर चन्दले जित्नका लागि पौडेलपक्षसँग सहकार्य गरेपनि उनी देउवा पक्षकै भएको दाबी संस्थापन पक्षको छ।
स्याङ्जाका जिल्ला सभापति राजु थापा नेता गगन थापाको पक्षमा देखिएपनि महाधिवेशनमा देउवातिरै ढल्कने ‘देउवा क्याम्प’को विश्वास छ। ललितपुरमा नेता उदयशमशेर राणाको पक्षबाट विजयी जितेन्द्र श्रेष्ठलाई संस्थापनइतरले आफ्नो समूहको दाबी गरेको छ।नेता प्रकाशमान सिंहनिकट रहेका श्रेष्ठलाई पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटार बोलाएर भेटिसकेका छन्। श्रेष्ठ आफ्नो पक्षमा रहेको संस्थापनइतरको बुझाइमा सत्यता नरहेको देउवा पक्षको भनाइ छ।

अधिवेशन सकिन बाँकी रहेका जिल्लामा समेत देउवा पक्षकै बढी सभापति निर्वाचित हुने आकलन छ। प्रदेश २ का आठ जिल्लासहित अछाम, कैलाली, बाँके, पूर्वी नवलपरासी, सिन्धुली, चितवन, सिन्धुपाल्चोक र मकवानपुरको जिल्ला अधिवेशन हुन बाँकी छ।सभापतिको उम्मेदवार बनेका उपसभापति विमलेन्द्र निधिभन्दा प्रदेश २ मा बढी शक्ति देउवाको रहेको दाबी संस्थापनपक्षको छ। सुदूरपश्चिममा देउवाकै प्रभाव रहेकाले अछाम र कैलालीमा उनी पक्षीय नै विजयी हुने विश्लेषण छ। देउवानिकट नेता मोहन बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोक र संस्थापनपक्ष बलियो हुनाले मकवानपुरमा समेत आफ्नो पक्षले सभापतिमा जित्ने दाबी संस्थापनको छ। संस्थापन पक्षको दाबीलाई आधार मान्ने हो भने जिल्ला अधिवेशन हुन बाँकी रहेको चितवनमा मात्रै पौडेलपक्ष विजयी हुने सम्भावना छ। बाँकेमा पनि देउवापक्ष बलियो छ।


१३औं महाधिवेशनमा देउवाको पक्षमा ३३ जिल्ला सभापति खुलेका थिए। ४२ जिल्ला सभापतिले सभापतिमा पौडेललाई विजयी गराउन महाधिवेशन प्रतिनिधिलाई सार्वजनिक अपिल नै गरेका थिए। हाल सार्वजनिक नतिजा र अधिवेशन सकिन लागेका अन्य जिल्लाको अवस्था हेर्दा बहुमत जिल्ला सभापति देउवाको पक्षमा हुने देखिन्छ। गत महाधिवेशनमा प्रतिनिधिलाई विशेष महत्त्व दिएका देउवाले यसपटक जिल्ला सभापतिको संख्या बढाउन प्रयत्न गरिरहेका छन्।
देउवापक्षले जितेका जिल्ला र सभापतिः
१.उदयपुर– हिक्मत कार्की
२.भक्तपुर– दुर्लभ थापा
३.लमजुङ– टकराज गुरूङ
४.सल्यान– केशवबहादुर विष्ट
५.डोल्पा– दीपेन्द्रबहादुर शाही
६.डडेल्धुरा– भीमबहादुर साउद
७.म्याग्दी– खमबहादुर गर्बुजा
८.ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङ
९.मुगु– ऐनबहादुर शाही
१०.पाँचथर– रूपनारायण जवेगु
११.मनाङ– शंकर गुरूङ देउवा
१२.हुम्ला– मोहनविक्रम सिंह
१३.बझाङ– खड्क बोहरा
१४.रामेछाप– पूर्णबहादुर (कान्छाराम) तामाङ
१५.जुम्ला– कर्णबहादुर शाही
१६.डोटी– नरेन्द्रबहादुर सिंह
१७.रूकुम पश्चिम– प्रेमप्रकाश वली
१८.ओखलढुंगा– तेजेन्द्र खनाल
१९.पर्वत– युवराज जोशी
२०.इलाम– डम्बरबहादुर खड्का
२१.सुर्खेत– खड्ग पोखरेल
२२.रूपन्देही– रामकृष्ण खाण
२३.कास्की– किशोरदत्त बराल (संस्थापनइरतले अत्यन्तै कमजोर भएको महसुस गरेको जिल्ला)
२४.काभ्रे– तीर्थ लामा
२५.तनहुँ– जितप्रकाश आले
२६. ललितपुर– जितेन्द्रकुमार श्रेष्ठ
२७.कञ्चनपुर– पदम बोगटी
२८. बर्दिया– अरुण प्रकाश सिंह राठौर
२९.धनकुटा– दिनेश राई
३०.सोलुखुम्बु– नाम्गेल जाङ्बु शेर्पा
३१.रसुवा– पेम्बाछिरिङ तामाङ

वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापतिः
१.कपिलवस्तु– अब्दुल कलाम खाँ
२.प्युठान– विष्णुकुमार गिरी
३.अर्घाखाँची– केशव श्रेष्ठ
४.रोल्पा– किशोर आचार्य
५.बैतडी–चतुरबहादुर चन्द (देउवालाई नै मत दिने संस्थापन पक्षको दाबी)
६.दोलखा– बर्मा लामा
७.गोरखा– नन्दप्रसाद न्यौपाने (महामन्त्रीमा गगन थापालाई सघाएपनि सभापतिमा संस्थापनइरतका अन्य नेतालाई मत नदिने देउवा पक्षको दाबी)
८.कालिकोट– अम्बबहादुर शाही
९.संखुवासभा– दीपक खड्का
१०.रूकुमपूर्व– केशरमान रोका
११.मुस्ताङ– रोमीगौचन थकाली
१२.भोजपुर– विनोद वान्तवा
१३.बाजुरा– रामसिंह रावल
१४.तेह्रथुम– अर्जुन तुम्बाहाम्फे
१५.नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल
१६.पाल्पा– हिमालदत्त श्रेष्ठ
१७.स्याङ्जा– राजु थापा (देउवा पक्षले आफ्नो भएको दाबी गरेका)
१८.खोटाङ– विष्णुकुमार राई
१९.दार्चुला– ललितसिंह बोहरा
२०.नुवाकोट, सभापति रमेश महत
२१.दाङ– शंकरप्रसाद डाँगी
२२.दैलेख– मणिराम रेग्मी
२३.गुल्मी, सभापति खिलध्वज पन्थी
२४.काठमाडौं– कृष्णसबुज बानियाँ
२५.धादिङ– रामनाथ अधिकारी
२६. सुनसरी– केदार भण्डारी (सिटौैला पक्षले आफ्नो समूह भनि दाबी गरेका)
२७. माेरङ– डिगबहादुर लिम्बु
पूर्वमहामन्त्री सिटौला पक्षले जितेका जिल्ला र सभापतिः
१.झापा– देउमान थेवे
२.बागलुङ– जित शेरचन

पक्ष नखुलेकोः
जाजरकोट- बेदराज सिंह
प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औषतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औषतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । बुधबारसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ ।बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशन पछि मात्र हुने समितिले जनाएको छ ।

समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh