काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्षमा भारी मतान्तरका साथ पुनः केपी शर्मा ओली निर्वाचित भइसकेका छन् ।

त्यस्तै पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मतसहित विजयी नजिक छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार शाक्यले हालसम्म १९७६ मत पाइसकेकी छन् ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५ मत, सुवास नेम्बाङले १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवालीले १८४२ मत, रामबहादुर थापा बादलले १७६८ मत र घनश्याम भुसालले सबै भन्दा कम ७२५ मत पाएका छन् ।अब केही मत मात्र गन्न बाँकी रहेको बताइएको छ ।

















