काठमाडाैं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्ज प्रशासनसहितको संयुक्त टोलीले २०७८ मंसिर ०३ गते कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका वडा नं.१९ स्थित बाघफाँटा वैजनाथ मन्दिर ईलाकामा अवैध रुपमा सालको गोलिया गोटा-३ (९०.९८ क्यू.फिट) लैजादै गरेको अवस्थामा पक्राउ गरेकाे छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले काठ तस्करीमा संलग्न ७ (सात) जना व्यक्तिहरुलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाईएको नेपाली सेनाले जानकारी दिएकाे छ ।

















