जनकपुरधाम । तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने सहमति बनेको थियो ।

सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको थियो । तर, विवाद बढेपछि गोली नै चलाइयो ।
आइतबार साँझ ६ बजेतिर अधिवेसनस्थलमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो । विवादका क्रममा मन्त्री सिंहका निजी सुरक्षाकर्मी (अंगरक्षक) रामचन्द्र खंगले आफ्नो पेस्तोल पड्काएका हुन् ।

















