चितवन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको दशौं महाधिवेशन स्थल चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनको भोलि (शनिबार) बन्द सत्रमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।यसअघि मौन रहेका भुसालले शुक्रबार महाधिवेशन स्थलबाट उम्मेदवारीको घोषणा गरेका हुन् ।
यसअघि अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलसँगको सहमतिबमोजिम नै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएको बुझिएको छ ।भोलि उम्मेदवारी दर्ता भएपछि पर्सि आइतबार मतदान हुनेछ ।

















