Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सारंगा श्रीमानको छोराको दादागिरीमा जनसेवा बृत्तका इन्स्पेक्टर खड्का लठ्ठ

सारंगा श्रीमानको छोराको दादागिरीमा जनसेवा बृत्तका इन्स्पेक्टर खड्का लठ्ठ

काठमाडौं । कुरा मिल्यो अब, किन जानु प्रहरी भन्दै हिमचिम बढाएर मोबाइल ट्र्याकिंग गर्दै सँगै बसिरहेका साथी समात्न मध्यराति प्रहरी आयो भने तपाईंको मन कति दुख्ला ? यस्तै भएको छ काठमाडौंका दिनेश बललाई । जो, प्रहरी बृत्त जनसेवा (बिशालबजार) का इन्स्पेक्टर सन्तोष खड्काको फोन धम्कीले यतिखेर भूमिगत भएका छन् । उनलाई सन्तोष खड्काले भनेका छन्–‘तँलाई २४ घण्टाभित्र समातेर थुन्न सकिनँ भने म खड्काको छोरो होइन, दिलबहादुर मल्ल डिएसपी भएको वृत्तको इन्स्पेक्टर होइन ।’

घटना असोज १८ गतेको हो । घटनास्थलः आर्मी हेडक्वार्टर र सिभिल मल अगाडि अर्थात् नागस्थान, ट्रफिकका मिलन सईको लोकेसन । त्यही दिन एउटा हाइलक्स र मोटरसाइकलको हल्का मिसविहेभ भयो । मोटरसाइकलमा सवार ब्यक्तिले चोर औँला ठड्याएपछि हायसमा बसेका एक जना पत्रकारले भने, ‘पृथ्वीनारायण शाहपछि यो देखियो चोर औँला ठड्याउने काठमाडौंमा ।’ ओभरट्याक गर्दै अगाडि पुगेर झ्याम्म ब्रेक हानेर चोर औँला ठड्याएपछि बालबाल बचाएका हाइलक्सका चालकले हर्न बजाए, बत्ती बाले । मोाटरसाइकल चालकले फेरि औकात देखाए, चोर औँला ठड्याए ।

उनले मोटरसाइकल अघि बढाएनन्, बरु सब बाटो क्लियर हुँदा पनि हाइलक्स रोक्दै फोटो खिच्न थाले । तब हाइलक्स चालक ओर्लिएर भने, ‘के गरेको, तेरो बाउको आँगन हो ?’मोटरसाइकल चालकले तथानाम मुख छाडे । सामान्य हात हालाहाल भयो । यो घटना जम्माजम्मी ५४ सेकेण्डको हो । त्यही घटनामा त्यो लोकेसनका ड्युटीमा रहेका सई मिलन आएर काज लिएर दुवैलाई पठाए । घटना यति हो ।

तिनै मोटरसाइकलका धनी चाहिँ विशालबजार पुगेर प्रहरीलाई थर्काए । म कानुन व्यवसायी, पत्याइनस्, केही वर्षपछि सर्वोच्चमा न्यायाधीश हुने र अहिले उच्च अदालत पर्साका न्यायाधीश सारंगा सुवेदीको छोरा । मेरो च्यापु भत्काइयो । करङ खुस्काइयो । ल्यापटप फुटाइयो, सिक्री लुटिइयो, त्यो पनि सिभिल मल अगाडि, आर्मी हेडक्र्वाटर अगाडि । उजुरीमा ल्यापटप र सिक्री लुटपाटसहित कुटपिटको उजुरीपछि विशालबजारका डिएसपी दिलबहादुर मल्लले यस्ता निवेदन यहाँ दर्ता हुँदैन भनेपछि घटना जाँच र निवेदनको हुलिया फेरेर निवेदन दर्ता । एट्टिच्युुड देखाएर पिटाइ खाने कानुन व्यवसायी हुन् सारंगा पुत्र अनुराग र पिट्ने मान्छे हुन् नेकपा एकीकृत समाजवादीका बागमती प्रदेशका नेता रामचन्द्र बलका भतिजा दिनेश बल । यो घटनापछि दशैँ बित्यो, तिहार बित्यो ।

त्यसपछि उनीहरुबीच सहमतिको प्रयास भयो । दुवै पक्षलाई भेटेर सहमतिमा पुग्न प्रस्ताव लिएर आए धादिङका सुवास पाठक । उनले दिनेश बललाई पनि भेटे । मेरो पार्टनरले ४ लाख रुपैयाँ मागेको छ भने । दिनेश र सुवासबीच के के वार्ता भयो ? थाहा भएन तर बिहीबार राति सुन्धाराको पशुपति गेष्ट हाउसमा दिनेश खोज्दै प्रहरी आइपुग्यो । खबर पाएर दिनेश लुके, दिनेशका साथी पक्राउ परे, त्यही हो, सन्तोष खड्काले भनेको, २४ घण्टाभित्र तँलाई समात्न सकिनँ भने म कि त खड्काको छोरो होइन, कि दिलबहादुर मल्लको इन्स्पेक्टर होइन ।

म्याकबुक फुटेको १ लाख ५० हजार र उच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको छोरा भएकाले पिटाइबापत २ लाख ५० हजार रुपैयाँ माग भएपछि दिनेश पैसा जुटाउन दौडधूपमा थिए । यो बीचमा कयौँ वकिलले सारंगा श्रीमानलाई फोन गरेर विवाद अघि नबढाउँ नभनेको पनि होइन, पत्रकारहरुले समाचार लेखौँ भन्दा घटनास्थलमा उपस्थित पत्रकारले पख्नुस् नभनेको पनि होइन, शुक्रबार र शनिबार पारेर राति ९ बजे श्रीमान सारंगा सुवेदीको आदेश मान्दै प्रहरी सुन्धारामा गेष्टहाउसमा आतंक मच्चाउन पुगेपछि यो घटनाले भनेको छ, के श्रीमानको आदेश भएपछि प्रहरी राति ९ बजे पनि गेष्ट हाउस पुग्दै भन्छ, म कि बाउको छोरो होइन, कि मल्ल डिएसपीको इन्स्पेक्टर होइन, यो सबै घटनाबारे तालुकदार हाकिम भीम ढकाल पनि जानकार छन् ।

दिनेश बल समात्न नसकेको प्रहरीले दिनेशसँगै बसिरहेका एकजना साथीलाई समातेको २४ घण्टा बित्दा पनि छाडेको छैन । घटनाबारे उपल्लो हाकिम भीम ढकाललाई जानकारी गराइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh