काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शुक्रबार नियुक्त गरेका ८ जना नयाँ बोर्ड सदस्यमध्ये एकजना त खेलकुदबारे कुनै जानकारी नभएका पनि परेका छन् ।

राखेपमा नियुक्त भएका ८ बोर्ड सदस्यहरु सपथपछि । रिचार्डकार्ड ब्यापारी दिपेन्द्र बिष्ट(कालो घेरा)
मन्त्री गहतराजले मोवाइलको रिचार्डकार्डको ब्यापार गर्ने दिपेन्द्र बिष्टलाई पनि राखेपको बोर्ड सदस्य बनाएका छन् । बिष्ट टेलिकम्युनिकेसन डिलर्स अफ नेपालका अध्यक्ष हुन् । उनी खेलकुदसँग सम्बन्धित कुनै पनि गतिबिधिमा संलग्न नभए पनि मन्त्री गहतराजलाई आर्थिक मद्दत गरेकै आधारमा नियुक्त भएका छन् । मन्त्री गहतराजलाई सहयोग गरेकै भरमा राखेपमा नियुक्ति पड्काउन सफल भएका बिष्ट नेपालगंजकै हुन् । गहतराज खेलकुद मन्त्री नियुक्त हुँदा उनले बधाई समेत मिडियामा छपाएका थिए ।
अघिल्लो सरकारका पालामा नियुक्त भएका राखेपका ९ जना बोर्ड सदस्यलाई मंसिर ३ गते पदमुक्त गरी मन्त्री गहतराजले माओवादी केन्द्र निकटलाई परिषदमा नियुक्त गरेका छन् । मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतामा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनकप्रसाद बर्तौलालाई नियुक्त गरेका छन् ।
उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुनेगरी बर्दियाका दिपेन्द्र विष्ट र साहसिक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुनेगरी मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनीत गरिएको छ ।
यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनीत गरिएको छ । खेलकुद संघको सिफारिसमा अझै एक महिला मनोनीत हुन बाँकी छ ।
राखेपमा नियुक्त भएका ८ बोर्ड सदस्यहरु सपथपछि । रिचार्डकार्ड ब्यापारी दिपेन्द्र बिष्ट(कालो घेरा)
फेसबुकबाट तपाईको प्रतिक्रिया !