धनगढी । कैलालीमा प्रहरीले हाेटलबाट ७ राउण्ड गाेलीसहित दुईवटा पेस्तोल बरामद गरेकाे छ । टीकमपुर नगरपालिका-१ काे सिद्धार्थ हाेटलबाट गाेलीसहित पेस्ताेल बरामद गरिएको प्रहरीले जनाएकाे छ । उक्त हाेटल अगाडि गत कार्त्तिक ३० मा लम्किका भुपेन्द्र बडुवालकाे हत्या भएकाे गरिएको थियाे । प्रहरीले बरामद गरेका हतियार हत्याका मुख्य याेजनाकार भनिएका चिसापानीका नवीन रावलले प्रयाेग गर्दै आएकाे हुनसक्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बुधबार दिउँसो विशेष सूचनाका आधारमा उक्त हाेटलमा खान तलासी गर्दा हाेटलकाे काेठाकाे ट्वाइटेलमा लुकाएको अवस्थामा पेस्ताेल बरामद गरिएकाे हाे । बरामद गरिएका हतियारबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।गत कार्तिक २३गते टीकापुर नगरपालिका-१ मा लम्कीचुहा नगरपालिका-१ का बडुवालकाे धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियाे ।
उनकाे हत्यामा संलग्न भएकाे आराेपमा पीडित परिवारले नवीन रावलसहित १६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरू मध्येका १० जनालाई प्रहरीले पक्राउ गरिएको छ भने रावलसहितका ६ जना अझै फरार रहेकाे प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !