सुर्खेत । नेपाली कांग्रेसको जुम्ला सभापतिमा संस्थापन पक्षका कर्णबहादुर शाही विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पौडेल समूहका दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।खसेको कुल ९८१ मतमध्ये सभापति शाहीले ४७४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी दीपबहादुर शाहीले ४६९ मत पाएका छन् । दिपबहादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापति चलाएका थिए ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् ।संस्थापन पक्षको प्यानलबाट सभापतिमा कर्णबहादुर शाही पाँच मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन् ।
सभापतिमा पौडेल समुह पराजित भएपनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको निर्वाचन समिति जुम्लाले जनाएको छ ।

















