काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। कास्की निर्वाचन क्षेत्र नं १ बाट ३९५ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी पोखरले पौडेलकी माइली छोरी हुन्।

यसअघि १३औं महाधिवेशनमा पनि प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी उनी सो समयमा भने पराजित भएकी थिइन्।

















