‘माओवादी बलियो भए जनताले पहिचान र अधिकार पाउने, कमजोर भए पाएको अधिकार पनि गुम्ने’


कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताउनुहुँदै माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताउनुभएकाे छ ।उहाँले आफू यो कुरा भावनामा आएर बोलेको नभई देखेर र भोगेर भनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो । ’

कैलालीकाे भजनी नगरपालिका प्रशासकीय भवन बुधवार उद्घाटन गर्दै जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष प्रचण्डको आग्रह गर्नुभयाे । उहाँले भन्नुभयो, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’ अध्यक्ष प्रचण्डले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको भन्नुहुँदै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टीको विषय हुने बताउनु