धनुषा । सशस्त्र प्रहरीको दुई नम्बर प्रदेशको बाहिनीबाट खटिएको स्क्वाड टिमले भारतबाट तस्करी गरि नेपाल ल्याउदै गरेको सामान बरामद गरेको छ।
तस्करी गरि ल्याइएका सामानमा कपडा र सुर्तीजन्य सामान छन् । धनुषाको बिधय नगरपालिका ९ बाट तस्करीको १२ पाेका कपडा बरामद गरेको हो ।

उक्त सामान झण्डै ८ लाख बराबरको रहेको छ।
त्यसै गरि बाहिनीकाे साेही स्क्वाड टाेलीले सर्लाहीको बेलवासबाट चार लाख बराबरको सुर्तीजन्य सामान पनि बरामद गरेको छ।

















