ताप्लेजुङ । पाथीभरामा भक्तजनले चढाएको पैसा ८ करोड रुपैयाभन्दा बढी जम्मा भएको छ ।चालू आव २०७८ को असार मसान्तसम्ममा पाथीभरा क्षेत्र विकास समितिमा ३ करोड २७ लाख ३० हजार ७ सय ५८ रुपैयाँ र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संबद्र्धन समितिमा ३ करोड ३३ लाख ३५ हजार २ सय ७ रुपैयाँ छ ।

यसरी कुल ८ करोड रुपैया बढी रकम बैंक मौज्दात छ । बैंक मौज्दात रकम तीर्थयात्रीले चढाएको सिक्का पैसा र गरगहनाबाहेक नगदको विवरण हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि कार्तिक १५ गतेसम्ममात्र ८ लाख ६६ हजार रुपैयाँको सिक्का जम्मा भएको छ ।
२०७७ भदौ १८ गतेसम्म भक्तजनले चढाएको रिफाइन नगरेको १४ तोला ५७ लाल सुन र २ नम्बरको १४ तोला ४६ लाल सुन लिलाम विक्री गरेर बैंक जम्मा गरेको छ । उक्त सुन लिलाम विक्री गरेवापत ५७ लाख ७४ हजार ६ सय रुपैयाँ संकलन भएको हो । सुनको तयारी गहना ३ तोला ८७ लाल र चाँदी २४ सय ९४ तोला ८९ लाल बिक्री गर्न बाँकी छ ।
वार्षिक साढे ३ लाख बढी तीर्थयात्रीले पाथीभराको दर्शन गर्ने गरेको तथ्यांक छ । असोज, कार्तिक र चैत, वैशाखमा अत्यधिक भक्तजन दर्शनका लागि आउने गर्छन् ।२०७६ साल चैतदेखि कोरोना संक्रमणका कारण यो अवधिमा पटक–पटक मन्दिर दर्शन प्रतिबन्ध गरेकाले भेटीघाटी कम संकलन भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !