चितवन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतालाई ठगेको आरोप लगाएका छन् ।सोमबार चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सुकुम्बासीहरुलाई भूमि दिन्छु भन्दै केपी ओलीले भ्रम छरेको तर काम केहि नभएकोे आरोप लागए ।

सुकुम्बासी समस्या समाधान आयोगलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएकाले आयोग खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरिएकोे पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । ओलीले जनतालाई सहजै ठग्न सक्ने भन्दै प्रचण्डले ओली नेपालकै सफल ठग भएको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले नेपाल माओवादी केन्द्रकै राजनीतिमा रहेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशमा माओवादी केन्द्रकै वरिपरि रहेको बताए ।उनले देशमाभएको परिवर्तनको बाहक माओवादी भएको भन्दै प्रतिक्रान्तिको सपना कसैले देखे विद्रोह गर्ने चेतावनी दिएका छन् ।

यसैगरी ओलीको कारण चितवनका विभिन्न विकास योजनाको काम रोकिएको पनि प्रचण्डको आरोप छ । चितवनमा केहि भए प्रचण्ड बलियो हुने भएकाले माडीको विकास, सभा गृह , शक्ति खोरको औद्योगिक क्षेत्रलगायतको काममा ढिला सुस्ती भएको उनले बताए ।
ओलीले प्रचण्डलाई सिध्याउनकै लागि एमालेको महाधिवेशन चितवनमा गर्न लागेको प्रचण्डको दावी छ । ओलीले अत्याचार गरेकाले एमाले केन्द्र र प्रदेशबाट बढारिएको पनि अध्यक्ष प्रचण्डले बताए ।

















