लहान । प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका ३ का २१ वर्षीय इन्दल यादव र सोही ठाउँका २० वर्षीय कपिल महरा रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गाउँपालिका– ३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित उनी दुबै जनालाई पक्राउ गरेको हो । प्रहरीले करेसाबारीमा लागूऔषध प्याकिङ गर्ने गरेको गोप्य सूचना पाएका थिए ।
सूचनाकै आधार उनी दुबै जनालाई ब्राउन सुगर ४ ग्राम ५ सय ५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए । उनका अनुसार दुबै जनामाथि कारबाही अगाडी बढेको छ ।

















