जनकपुरधाम। प्रदेश सरकारका नवनियुक्त दुई जनामन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग , पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून , न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।




















