काठमाडौ । नेपाल प्रहरीले टेण्डर गरेको डिएमएस बुट अन्ततः गुणस्तर फेल भएको छ। गुणस्तर फेल भएसंगै प्रहरी कर्मचारीले पाउनुपर्ने बुट नपाउने भएका छन् । गत अार्थिक बर्षमा नेपाल प्रहरीले २४ हजार छ सय डिएमएस बुटकाे टेण्डर अाव्हान गरेको थियो । टेण्डर प्रर्क्रिया देखि नै अनेकन जालझेल गरेर तत्कालीन गृहमन्त्री राम बहादुर थापाका छाेरा प्रतीक थापाको दवावमा एशिया र माेडन फुटवेयर जेभिलाई दिएको थियो ।


उनीहरूलाई ठेक्का दिनको लागि प्रतीक थापाले तत्कालीन प्रशासन तथा मानवस्राेत बिभागका एअाइजी निरज शाहीलाई दवाव दिएको कुरा यसअघि नै सार्वजनिक भैसकेको छ। नेकपा माअाेवादी नेता माेहन बैद्यसंग नजिक र साेही पाटीकाे कार्यकर्ता भएको बताउदै हिड्ने केशर प्रधान समेतको समूहले पाएकाे उक्त ठेक्का दिदै देखि बिबादमा पर्याे नै अहिले सामान गुणस्तर नभएको कारण फेल भए पछि एकातिर प्रहरीले बुट लगाउन नपाउने भएका छन् भने अर्कोतिर टेण्डरका लागि अाएकाे नेपाल प्रहरीको झन्डै पाँच कराेड बजेट खेर गएको छ।
तत्कालीन गृहमन्त्री राम बहादुर थापा माअाेवादी फुटेको समयमा माेहन बैद्यसंग गएका थिए। त्यसैबेला देखि थापा र उनका छाेरा प्रतिकसंग नजिक रहेका केशर प्रधानले त्यसैकाे फाइदा उठाउदै टेण्डर हात पारेका थिए।
सामान उत्पादन भए पछि प्रहरीकाे भण्डार शाखामा बुझाएका उनीहरूले गुणस्तर टेष्ट गराउन पठाउदा समेत भण्डार प्रमुखसंग सेटिङ मिलाएर ठेकेदारकाे रुचि अनुसारको पाेकाबाट बुट निकालेर टेष्ठ गर्न मुम्बई स्थित इन्टरटेकमा पठाएको भए पनि बुट फेल भएर अाएकाे छ।
ठेकेदार र भण्डारकाे सेटिङनेपाल प्रहरीले लगाउने लत्ताकपडा निकै गुणस्तर कम भएको भनी बारम्बार चर्चासंगै बिबाद पनि भैरहन्छ। हुन पनि हो भण्डारले वितरण गरेको लत्ताकपडा धेरै कलर जाने दुई चार पटक धाेएपछि लाउनै नहुने , सिलाएर दिएका सामान लगाउनै नमिल्ने गरि सानो वा ठूलो हुने अादि अादि ।यसाे हुनुको पछाडि ठेकेदारले भण्डार मा सामान बुझाए पछि हुने ठूलो अार्थिक चलखेल नै प्रमुख हो ।
देखावटी रूपमा गुणस्तर हेर्ने कमिटी बनाउने भए पनि भण्डार प्रमुखको सेटिङ अनुरूप ठेकेदारले भनेको पाेका वा वन्डलबाट सामान निकालेर टेष्ट गर्न पठाउने गरिन्छ । यो सेटिङमा ठूलो अार्थिक चलखेल हुने गर्छ । भनिन्छ एक बर्ष भण्डार प्रमुख हुनुभनेकाे झण्डै एउटा मिशन बराबरको अाम्दानी हो ।त्यसैले पनि भण्डार प्रमुख बन्न ठूलो चलखेल वा साेर्सफाेर्स लगाउनु पर्छ ।
डिएमएस बुटकाे हकमा पनि ठेकेदारले दिएको सूचना अनुसार भण्डारले भनेकै पाेकाबाट बुट निकालेर टेष्ट गर्न पठाउदा समेत फेल भएको छ। सामान फेल भए पछि बैंक ग्यारेन्टी खाएर कम्पनीलाई कालाे सूचिमा हाल्नुपर्नेमा अझै प्रकृया शुरू भएको छैन । सामान बुझाउने र टेष्ट गर्न पठाउने क्रममा ठेकेदार र भण्डार प्रमुखको ठूलो अार्थिक लेनदेन हुने गर्दछ । यो विगतमा पनि थियो र अहिले झन् बढी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !