काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षकहरु (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले आठ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।

















