काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विकल्प राजीनामा मात्रै भएको जिकिर गरेका छन् ।मंगलबार आयोजित बारको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशसँग वार्ता सम्भव नरहेको पनि बताए ।

‘चोलेन्द्रशमसेर अब तपाईंसँग वार्ता हुन सक्दैन। तपाईंले वार्ता होइन राजीनामा दिनुहोस्। त्यसपछि सबै पक्षसँग छफफल गर्छौं,’ श्रेष्ठले भने ।प्रधानन्यायाधीश जबराले जारी गरेको बिज्ञप्ति सुधारका लागि आएको नभइ सबैलाई भ्रममा राख्नका लागि मात्रै भएको उनले बताएका थिए ।
उनले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटमलाइन रहेको बताएका छन् ।त्यस्तैगरी अध्यक्ष श्रेष्ठले बारका ९० वटा इकाइका पदाधिकारीलाई नै आन्दोलनका लागि उतार्ने चेतावनी दिएका छन् ।
न्यालयको मूल विकृतिनै चोलेन्द्र भएकाले उनको राजीनामापछि आउने नेतृत्वसँग सुधारका लागि छलफल गरिने उनको भनाइ छ ।

















