दाहाल छाडेर नेता झा नेपालसँग आए



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा माधव नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । माओवादीका केन्द्रीय सदस्य रहेका झालाई धुमधामका साथ मंसिर ७ गते उनको निर्वाचन क्षेत्र धनुषाबाट नेकपा (एस) मा भित्र्याइँदैछ ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले झालाई पार्टीमा प्रवेश गराउने छन् । बुधबार झा आफैँले नेपालको पार्टीमा भित्रिन लागेको जानकारी दिएका हुन् ।नेपालसँग ३० वर्ष सँगै बसेर काम गरेको अनुभव रहेको र माओवादी अध्यक्ष प्रचण्डसँग औपचारिक रुपमा बिदावारी भइसकेको उनले बताए ।नेपालको नयाँ पार्टीमा झालाई उपाध्यक्ष बनाउने तयारी गरिएको बुझिएको छ ।

झा प्रदेश नम्बर २ मा प्रभावशाली नेतामा पर्छन् । माओवादीले स्थायी कमिटी सदस्य नबनाएपछि झा असन्तुष्ट हुँदै आएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ ।