बिरेन्द्र प्रसाद नेपाल / लहान । सुर्यको उपासना गरिने छठ पर्वमा आवश्यक फलफुल केराको यस क्षेत्रमा अभाव भएको छ । छठमा प्रयोग गरिने उखु अन्य फलफुल संगै केरा पनि अत्यावश्यक सामग्रीका रुपमा चिनिएको छ । छठका लागि नभइ नहुने केरा अभाव भएपछि श्रद्धालुहरु चर्काे मुल्य तिर्न बाध्य भएका छन् । चर्काे मुल्य तिरेर पनि भनेजस्तो केरा नपाउने गरेको श्रद्धालुहरुको गुनासो छ । सिरहाका श्रद्धालुहरु छठ नजिकैदै गर्दा केरा किन्न छिमेकी भारतीय बजारहरु समेत जाने गरेका छन् ।
श्रद्धालुहरुका अनुसार गत सालमात्र केराको घरीलाइ एक पाँच सयमामा किन्ने गरेका थिए । तर यस वर्ष भने केराको घरीको मुल्यमा दोब्वर तेव्वर वृद्धि भएको लहानकाका बर्षाैदेखि छठ पुजा गर्दै आएका पार्वत देवी बनियाले बताउनुभयो । यसवर्ष छठपर्वकै लागि यस लहान बजार, गोलवजार, धनगढी, छपराडी, मिर्चैया, बन्दीपुर, सिरहा, चोहर्वा, बिष्णुपुर, सुखीपुर लगाएतका श्रद्धालुहरुले केराको एकघरीलाई १५ सय रुपैयाँसम्म मूल्य तिरेर किन्ने गरेको बताए । छठकै लागि आवश्यक अर्काे सामग्री माटोको ढकनाको मुल्य पनि दुइगुणाले बढेको छ ।
लहान बजार देखि १६ किलोमिटरको दुरीमा रहेको ठाडी नाकामा पर्ने लौकहा वजारमा आईतवारका दिन रु.१०० देखि तिनसय भारु मूल्यमा केराको घरी बिक्री भएको छ । यसरी भारत भन्द नेपाली बजारमा केराको मुल्य दोव्वर तेब्बर रहेकोले नेपालीहरु भारतिय बजार जानु बाध्य रहेको छु । हाम्रो ठाउँ देखि भारतिय बजारहरु पुग्न सुविधा राम्रो भएकोले किन्न भारतिय बजारवाट आवश्यक पर्ने समानहरु किन्ने भने शोभा कुमारी गुप्ताको कथन रहेको छ ।

















