काठमाडाैं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा सेटिङ भन्ने शब्दलाई संस्थागत गरेको आरोप लगाएका छन् ।नेपाल बार एसोसिएसनको आन्दोलनका क्रममा उनले प्रधानन्यायाधीशले पेसी तोक्दा गोलाप्रथालाई नजरअन्दाज गरेकाे बताउँदै उनले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिएकाे समेत आरोप लगाए ।
‘वर्तमान प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो । त्यहीकारण उहाँले गोलाप्रथा गर्न चाहनुभएन’, त्रिपाठीले भने।
आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरूसँग भएको भनिएको सहमति विपरित भएको बताइएको छ ।

















