काठमाडौं । काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं १४ पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । भाइटीकाको दिन राति ९ बजेको समयमा पैसाको हारजित हुनेगरी जुवा तास खेलिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त घरमा छापा हानेको थियो ।
महानगरीय प्रहरी वृत्त थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्तरुपमा टोली खटिई गएको टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । जुवा खेल्नेहरुको शरीर तथा घरकोठा खानतलासी गर्दा जुवाको खालबाट २ लाख ५९ हजार ९ सय पैसठ्ठी नगद रकम र पक्राउ परेका १६ जना मानिसहरुको साथबाट १ लाख ८३ हजार ३ सय चालिस रुपैयाँ गरी जम्मा ४ लाख ४३ हजार ३ सय पाँच रुपैयाँ बरामद गरेको छ । जुवा खेल्न प्रयोग भएको गलैंचा थान १, तास ६ सय ३४ पत्ति समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जुवाखालबाट पक्राउ पर्नेहरुमा पुष्कर थापा पूर्ण बहादुर बस्नेत, सुदर्शन बिडारी, लव कार्की, सुदामा केसी, बिजय बुढाथोकी, रबिन्द्र थापा, राजन खत्री, विश्वासजंग कार्की, सन्जु थापा, निरन्जन शाह ठकुरी, शंकर थापा, अष्टमान महर्जन, निरञ्जन केसी, गणेश रसाईली र कुमारबहादुर मगर छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !