सर्लाही । नेपाल प्रहरीकाे स्थानीय युनिटका प्रमुखकाे संरक्षणमा सर्लाहीको संग्रामपुर नाकाबाट ठूलो तस्करी शुरू भएको छ। अहिले संग्रामपुर नाकाबाट नेपाल प्रहरीकाे चाैकीका सई जितेन्द्र चाैधरीको मिलिभगत र सेटिङमा यस नाकाबाट केही तस्करहरूलाई तस्करीको लाइन दिइएको खुलेको छ।
तस्करीको लाइन पाउनेहरूमा सन्जिप राय , कैलाश राय , राजदेव राय , शम्भु कमकर , सुरेश यादव , बिजय यादव र पाेख्ट साह रहेका छन् । उनीहरूले साडी , सुटिङका कपडा देखि किराना सामान , सुपारी , केराउकाे तस्करी गरिरहेका छन् ।
रातिको समयमा दैनिक तीस वटा माेटर साइकलमा यी सामानहरूकाे तस्करी भैरहेको छ।तस्करहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवाहरूलाई समेत मिलाएर तस्करी गरिरहेका छन् ।

















