नवसंग्राम दैनिक । रेडियो सौगात
लहान । सिरहाको लहान १ स्थित एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । लहानको मिलन चौक नजिकै रहेको सत्यनारायण गुप्ताको घरमा कात्तिक १७ गते दिउँसो ३ बजेतीर ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागी हुँदा घरमा रहेको ३ तौला सुन, १ लाख ५० हजार नगद, खरिदविक्रीको लागि ल्याएको १ लाख ५० हजार बराबरको नयाँ कपडा,बोक्स पँलग, खाट, लताकपडा, अनाज, भडावर्तन गरी १२ लाखबढीको सरसमान जलेर नष्ट भएको छ ।
आगलागीमा पुरै घर जलेर नष्ट भएको छ भने पाँच जनाको परिवार रहेका उनीहरु छरछिमेकीमा खाने बस्ने सुत्ने गरेको छ । खाने बस्ने अवस्था नरहेकोले उनीहरुलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीय नविन गोसाईले बताए ।

















