धनुषा । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको इस्कार्वड टिमले धनुषाबाट ८ वटा ड्राेन क्यामारा पक्राउ गरेको छ। एप्पल ब्राण्डका उक्त क्यामारा चर्चित तस्कर बिन्देश्वर नायकको भएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ।
धनुषाको राघोपुर, बहेडाबेला, मुखियापट्टी मुसरनीयाघाट लगायतका चोर नाकाबाट दैनिक ४०–५० लाख रुपैया बराबरको चाइनिज इलेक्ट्रोनिक्स सर–समान भारत तर्फ चोरी निकासी हुने गरेको सशस्त्र प्रहरी श्रोत दाबी छ ।
महिनौंदेखि यस नाकाहरुबाट चोरी निकासी पैठारी हुने गरेको सूचना प्राप्त भए पनि पहिलोपटक यति मात्रामा मात्र ड्रोन क्यामेरा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर दुई नम्बर प्रदेश आए पछिकाे यो दुई महिना बीचको अबधिमा झण्डै दस कराेड भन्दा बढीको तस्करीकाे सामान बरामद भैसकेको छ।

















