काठमाडौं । हिन्दू धर्मावलम्बीहरुकाे दाेस्राे ठूलाे चाड तिहार वा यमपन्चककाे पाचाैं दिन आज भाइटीका। दिदीबहिनीकाे हातबाट दाजुभाइले टीका, फूलमाला लगाइ दीर्घायुकाे कामना गर्दै आज भाइटीका लगाउने प्रचलन रहेकाे छ।यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको हाे । यस वर्षको तिहार कात्तिक १७ गतेदेखि सुरु भएकाे हाे।
तिहारको पहिलो दिन काग तिहार र कुकुर तिहार परेको थियाे । त्यस्तै दोस्रो दिन लक्ष्मीपूजा, तेस्रो दिन गाई/गोरु तिहार तथा गोवर्द्धन पूजा, चौथो दिन आज भाइटिका/किजा पूजा रहेको छ ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ ।

















