कपिलवस्तु । कपिलवस्तुको विजयपुर गाउँपालिका-९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा विजयपुर-६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर-९ का २४ वर्षीय मुकेश महरा छन् । मगर थापाका झड्केला छोरा हुन् ।
‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने । थापाले घमा बस्न नदिएपछि आमासहित मगर विजयपुर-६ मा बस्दै आएका थिए । थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो ।

















