डडेल्धुरा । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् । निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे।
निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको गाउँ रुवाखोलासमेत पुगेर पहिरोबाट पुगेको क्षतिबारे जानकारी लिए ।सोही अवसरमा गृहमन्त्री खाँणले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए । उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे । हालैको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी डडेल्धुरामा तीन जनाको मृत्यु भएको थियो । धनमालको ठूलो क्षति पुगेको थियो ।

















