पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । मंगलबार राति जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले माछापुच्छ्रे–२ स्थित तातोपानीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई १५ लाख २४ हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका ११ जनासँग बयान लिएर अनुसन्धानको लागि म्याद थपका लागि अदालतमा पेश गरेको जनाएको छ । कास्की प्रहरीले तिहार नजिकिएसँगै जुवातास खेल्ने, पटका पट्काउने र लागू औषधको कारोबार बढ्न सक्ने आशंकामा सादा पोशाकका प्रहरी परिचालन गरेर चेकजाँचलाई कडाइ गरिएको जनाएको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय विशाल भट्टसहित ६ जना छन् ।

















