विराटनगर । नवगिठत प्रदेश न १ को सरकारले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सम्पूर्ण निर्णय र राजनीतिक नियुक्ति खारेजी गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो बैठकले मुख्यमन्त्रीमा आचार्यको कार्यकालमा भएका सम्पूर्ण निर्णय र नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।बैठकमा निर्णय र नियुक्ति संविधानसम्मत नभएकाले खारेज गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।

















