काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन् ।
उनले पूर्ण इजलास दुईसहित १२ वटा इजलासमा २ सय ४८ वटा मुद्दाको पेसी तोकेका हुन् ।


















