काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले आज सर्बाेच्च अदालतमा प्रदर्शन गरेका छन् । नेपालबार एसोसिएसनको अगुवाईमा कालोट्टी बाँधेर प्रदर्शन गरिएको हो ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो ।
सोहि बिरोधका कार्यक्रम अन्तर्गत आज कानुन व्यवसायी कालो पट्टी बाँधेर बिरोधमा उत्रिएका हुन् । सर्बाेच्चमा बिरोध पर्दशन भईरहँदा सुरक्षा व्यवस्था भने कडा पारिएको थियो ।
आज बिहान १० बजेदेखी ११ बजेसम्म कालोपट्टी बाँधेर बिरोध गरिएको हो । साथै बिरोधका कार्यक्रम आगामी तिनदिनसम्म हुने बार एसोसिएसनले जानकारी दिएको छ । कार्तिक १२ गते बसेको बारको बैठकले जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको थियो ।

















