Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका भारत, अमेरिका र बेलायतका राजदूतलाई हालै फिर्ता बोलाएको थियो । भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए ।
विगतमा कतिपय सन्दर्भमा राजदुत नियुक्तिमा आफन्त र आसेपासे, दलीय कार्यकर्तालाई पठाउने गरेको भनी आलोचना हुने गर्दथ्र्यो ।

यसपटक सरकारले कुटनीतिक मामिलाका जानकार तथा प्राज्ञिक व्यक्तिलाई राजदूतमा सिफारिस गरेको छ ।चीनका लागि नेपाली राजदुत टंक कार्की सरकारले सिफारिस गरेका तीनै जना व्यक्ति राजदूतका लागि योग्य रहेको बताउँछन् । ‘नेपालको सम्बन्ध भएका केही खास खास मुलुकहरु भारत, अमेरिका, चीन जस्ता देशमा राजदुत पठाउँदा कस्ता व्यक्तिलाई पठाइयो भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ । र यसपटक सरकारले कस्तालाई व्यक्तिलाई राजदूत बनाएर पठाउनुपर्छ भन्ने कुटनीतिक छनक देखाएको छ’ उनले अनलाइनखबरसँग भने ।

तथापि, अमेरिका र भारतमा अझै राजनीतिक व्यक्तिलाई राजदूत बनाउँदा उपयुक्त हुने कार्कीले बताए । ‘तीनै जना योग्य व्यक्ति हुनुहुन्छ । श्रीधर खत्री अझ योग्य हुनुहुन्छ । उहाँहरुको नाम सिफारिस हुनुले कुटनीतिक क्षेत्रमा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ ।’नेकपा एमालेको विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सरकारले राजदूतका लागि सिफारिस गरेका तीनै जना कुटनीतिक मामलामा अनुभवी व्यक्ति भएको बताउँछन् । ‘सरकारले अनुभवी मान्छेहरुलाई नै छनोट गरेको छ । यो सकारात्मक छ’ डा. भट्टराई थप्छन्, ‘अब कामबाट पनि उहाँहरुले थप कुशलता सिद्ध गर्नुपर्ने हुन्छ ।’

  • राजदूतमा सिफारिस ३ जना को कस्ता ?

अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्री प्राज्ञिक व्यक्ति हुन् । सन् ७० कै दशकमा अमेरिकामा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका खत्री अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् ।
राजनीतिशास्त्रका अवकाशप्राप्त प्राध्यापक श्रीधर खत्रीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल एसियाली अध्ययन केन्द्र र दक्षिण एसियाली नीति अध्ययन केन्द्रको नेतृत्व सम्हालेका छन् ।पूर्वराजदुत टंक कार्की खत्रीसंग अमेरिका, श्रीलंका र सिंगापुरमा रहेर कुटनीतिक मामलाको रणनीतिक अध्ययन गरेको अनुभव रहेको बताउँछन् ।

२०७४ सालमा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले खत्रीकै संयोजकत्वमा परराष्ट्र नीति पुनरावलोकन उच्चस्तरीय समिति बनाएको थियो । तर, उक्त समितिको सुझावलाई भने सरकारले कार्यावन्यन लगे÷नलगेको प्रष्ट छैन । अहिले देउवा नेतृत्वको सरकारले नै खत्रीलाई राजदुत बनाएर अमेरिकाका पठाउन लागेको हो ।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा. शर्मा दोहोर्याएर राजदूत हुँदैछन् ।

भारतका लागि प्रस्तावित राजदूत शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत थिए । सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।यसअघिको समाचारमा भुलवश डा. शंकर शर्मा नेपालका लागि अमेरकी राजदूत भनी उल्लेख भएकामा क्षमा माग्दै सच्याइएको छ ।

Tags: अमेरिका र बेलायतमा राजदूत सिफारिसभारत
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh