काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ ।भेटमा मन्त्री श्रेष्ठलेयुएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमायुएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरे ।
सोक्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएईजाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदारयुएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भएको छ ।आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय वैठकमा सहभागि नेपाली टोलीले आवुधावीमा अन्य कुटनीतिक भेटघाट समेत गरेको छ ।
नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेरश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार,साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
कतारसँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्वर ८ र ९ मा हुने संयुक्त वैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो ।साउदी अरेवियासँगको सचिवस्तरीय वैठकमा द्विपक्षीयश्रम सम्झौता, श्रमिककोक्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने बिषयका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो ।
मलेसियासँगको सचिवस्तरीय वैठकमा संयुक्त समितिको वैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजिकरण गर्ने बिषयमा छलफल भएको वैठकमा सहभागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुषालले बताए ।
श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधाबी डायलगमा आप्रवाशी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले रिसर्ज अर्वाड प्राप्त गरेका छन् ।

















