काठमाडौं । कोरोनाका कारण बन्द रहेको कोरिया रोजगारी २० महिनापछि खुलेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउने काम सुरु भएको जनाएको हो ।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण जान पाएका थिएनन् ।लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार छाएको छ ।बुधबार साँझ पहिलो चरणमा ४८ जना श्रमिकहरु कोरिया जाँदैछन् ।
साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

















