Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानन्यायाधीशले भने- मेरो राजीनामा माग्नेलाई जनताले दण्डित गर्छन्


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए ।

आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै संसद्ले हटाएमा मात्रै हट्ने तर कसैले नारा लगाएका भरमा आफूले राजीनामा नदिने उनले बताए।

अन्तरवार्तामा जबराले भनेका छन्, ‘म विधि र प्रक्रियाबाट आएको हुँ । विधि र प्रक्रियाबाट जान तयार छु । तर, कसैको दबाब, कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भन्या अराजकता हो । गैरजिम्मेवार हो । गैरकानुनी र गैरसंवैधानिक हो ।’

सर्वोच्चकै न्यायाधीशहरूले राजीनामा मागिरहेको विषयमा बीबीसीले सोधेको प्रश्नमा जबराले भनेका छन्, ‘यो धारणा एकदमै गलत हो । उहाँहरूले छलफल गरिरहनुभएको छ । तर, छलफलको मतलब मेरो राजीनामा माग्ने, या मसँग उहाँहरूले निकास माग्ने भन्ने विषयवस्तु नै होइन । यो उहाँहरूको दायित्व र कर्तव्यभित्र पनि पर्दैन । यस्तो गर्नुभयो भने यो आचारहीन क्रिया हो र यसलाई जनताले दण्डित गर्छन् ।’

प्रधानन्यायाधीश राणाले बीबीसीलाई दिएको अन्तरवार्ता यस्तो छ:

तपाईमाथि राजनीतिक भागवण्डा खोजेको आरोप छ नि ?

यो सबै भ्रामक र झूटा हो । अहिले न्यायापालिकाले जुन किसिमको हाइट लिइरहेको थियो, जुन किसिमको जनविश्वास आर्जन गरिरहेको थियो, त्यसलाई धराशायी पार्ने उद्देश्यले यो षड्यन्त्रमूलक, पूर्वप्रधानन्यायाधीशदेखि लगायत त्यस पछाडि सबै पत्रपत्रिकामा भ्रामक समाचारहरू छापिएका कारणले यो भएको हो । मेरो कारणले यो कदापि भएको छैन ।

तर, अब तपाईकै सहकर्मी न्यायधीशहरूले नै तपाईलाई राजीनामाका लागि दबाब दिइराखेका छन् । इजलासमा बस्न अस्वीकार गरिराखेका छन् । अब तपाईले कसरी न्यायपालिका चलाउनुहुन्छ ?

यो धारणा एकदमै गलत हो । उहाँहरूले छलफल गरिरहनुभएको छ । तर, छलफलको मतलब मेरो राजीनामा माग्ने या मसँग उहाँहरूले निकास माग्ने भन्ने विषयवस्तु नै होइन । हामी संविधानवाद्मा आधारित न्यायपालिका हो ।

प्रधानन्यायाधीश र न्यायाधीशको विषयमा संविधानमा प्रक्रिया छ । प्रधानन्यायाधीशको पनि आफ्नो दायित्व र कर्तव्य छ । यसको बहिर्गमनको पनि संविधानमा व्यवस्था छ ।

न्यायाधीशहरूले गैरसंवैधानिक, संविधानभन्दा विपरीत आफ्नै नेतृत्वको राजीनामा माग्छन्, निकास माग्छन् भन्ने कुरो यो मलाई कदापि लाग्दैन । यो उहाँहरूको दायित्व र कर्तव्यभित्र पनि पर्दैन । यस्तो गर्नुभयो भने यो आचारहीन क्रिया हो र यसलाई जनताले दण्डित गर्छन् ।

अनि नेपाल बार एशोसिएन, पूर्व प्रधानन्यायाधीशहरू र तपाईकै सहकर्मीहरू तपाईका विरुद्ध उभिएपछि न्यायपालिका कसरी हाँक्न सक्छुजस्तो लाग्छ अझै पनि ?

मैले अघि नै पनि जवाफ दिएँ, प्रधानन्यायाधीशलाई हटाउने, नियुक्ति गर्ने प्रक्रिया भनेको संवैधानिक प्रक्रिया हो । त्यो प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन । तर, जुन किसिमले यो सडकबाट दबाब दिएर देशको एउटा महत्वपूर्ण अंगको नेतृत्वलाई यसरी दबाब दिएर हट्नुपर्छ, हटाउनुपर्छ भनेर जानु आफैं गैरसंवैधानिक, गैरन्यायिक, गैरआचरणको कुरा हो । मलाई पटक्कै स्वीकार्य छैन यो ।

भनेपछि तपाई महाअभियोग सामना गर्न तयार हुनुहुन्छ तर राजीनामाचाहिँ दिनुहुन्न ?

हजुर । यसमा म प्रष्ट छु । म विधि र प्रक्रियाबाट आएको हुँ । विधि र प्रक्रियाबाट जान तयार छु । तर, कसैको दबाब, कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भन्या यो अराजकता हो ।

यो गैरजिम्मेवारी हो । गैरुकानूनी र गैरसंवैधानिक हो । यस्तो कुरामा म विश्वासै राख्दिनँ । यस्तो कुराबाट प्रधाननन्यायाधीशले (छाड्ने) भन्ने यो भ्रमपूर्ण चिजलाई म कुनै पनि मानेमा स्वीकार गर्दिनँ ।

अनि प्रचण्डसँग अस्ति भर्खर यो विवाद आइराखेका बेला तपाईले भेट गरेको कुरा तपाईले नेपाल बार एशोसिएसनका पदाधिकारीलाई पनि भन्नुभएछ । के विषयमा भेट गरेका प्रचण्डले ?

यो उहाँहरूले मलाई भन्नुभएको हैन । त्यस्तो मैले उहाँहरूलाई भनेको पनि थिइनँ । यो दसैँ–तिहार भनेको हाम्रो सदभावपूर्ण शुभकामना दिने चलन छ, त्यहीअनुसार मात्रचाहिँ उहाँले मलाई शुभकामना दिनका लागि आउनुभएको हो ।

यत्रो विवाद भइराखेका बेलामा पार्टीको नेतालाई, जसका विषयमा अदालतमा मुद्दाहरू थिए, भर्खर आदेश गर्नुभएको थियो, त्यस्तो नेतासँग शुभकामना आदान–प्रदान त्यसरी गोप्यरुपमा गर्नु जायज हुन्थ्यो र ?

होइन, मेरो यो प्रधानन्यायाधीशको निवास भनेको गोप्य कदापि होइन । यो सार्वजनिक स्थल हो । र, त्यसमा तपाईहरूले एउटा सोचिदिनुपर्छ, त्यो के भने उहाँको कुनै किसिमको मुद्दा मामिला भएको जस्तो पनि मलाई लाग्दैन ।

संसद्को पुनर्स्थापनाको पक्षमा, भर्खरै तपाईले उनीहरूको पक्षमा आदेश दिनुभएको थियो । तपाईहरूको बेञ्चले…

यो कसैको पक्षमा होइन, कसैको विपक्षमा होइन । यो संविधानअनुरुपको हामीले गरेको फैसला हो ।

बाबुराम भट्टराई र माधव कुमार नेपालको अख्तियारले उनीहरूलाई छानविन गर्न पाउँछ कि पाउँदैन भनेर जुन रिट निवेदन छ, त्यसको निर्णय सुनाउने मिति कात्तिक १५ गते छ क्यार होइन ? त्यो अलिकति पछाडि सारेर तपाईले त्यसलाई आफ्नो जुन राजीनामाको निम्ति दबाब परिराखेको छ, त्यसको मोलमोलाई गर्ने, महाअभियोगबाट जोगिने अस्त्रका रुपमा प्रयोग गरिराख्नुभएको छ भन्ने पनि एकखालको आशंका र चर्चा सुनिन्छ….

मैले भनिहालें नि, सप्पै अहिले जे किसिमका षड्यन्त्रहरू भइराखेका छन्, त्यसले न्यायपालिकालाई ध्वस्त पार्ने प्रयास भइराखेको छ । त्यसैलाई सप्पै मलजल हाल्ने काम भइराखेको छ । त्यो कदापि होइन । त्यो हुन पनि सक्दैन । जे नेपालमा प्रचलित ऐनन कानून र संविधान छ, त्योभन्दा बाहिर, संविधानको सही व्याख्याभन्दा प्रधानन्यायधीश कहिल्यै पनि बाहिर जान सक्दैन ।

ती भ्रमपूर्ण समाचारहरू सप्पै लाञ्छित गर्ने उद्देश्यले मात्रै गरेका हुन् । ती क्रियाहरू गलत छन् । त्यस्ता कुराहरू तपाईहरूले नसोच्दिनोस् । त्यसमा प्रधानन्यायाधीश संविधानप्रति प्रतिवद्ध छ । आफ्नो दायित्व र कर्तव्यप्रति प्रतिवद्ध छ । त्यस्ता भ्रमहरू सधैंभरि चिर्ने मैले प्रयास गरेको छु, चिर्छु ।

तर, तपाईले नै सम्मान गर्ने, अस्ति भर्खर दसैँमा भेटघाट पनि गर्नुभयो, पूर्वप्रधानन्यायाधीशले पनि तपाईका विरुद्धमा वक्तव्य जारी गर्नुभएको छ, के भन्नुहुन्छ ?

तपाईले यो गम्भीर प्रश्न गर्नुभो । उहाँहरू भनेको हाम्रो पूर्वज हो । हाम्रा अभिभावक जस्तो हो । संरक्षक जस्तो हो । हामीले उहाँहरूलाई सधैंभरि सम्मान गरिराखेका छौं । र, यो परम्परा हो । तर, यसको मतलव आफ्नो आफ्नो अभिव्यक्ति स्वतन्त्रता, आफ्नो–आफ्नो लागेको विचारको स्वतन्त्रतामा व्यक्त गर्न पाउने दायित्व र कर्तव्य जुन छ, जुन अधिकार छ, त्यो संविधानले नै निर्दिष्ट गरेको अधिकार हो । त्यसमा मेरो उहाँहरूप्रति कुनै गुनासो छैन ।

हिजोको अवस्थामा पनि उहाँहरूले आफ्नो कर्तव्य जाहेर गर्नुभएको थियो, आज पनि गर्नुभएको छ । त्यो क्रियाहरू उहाँहरूको स्वतन्त्र अभिव्यक्त गर्ने कुराहरू हो । म आफैं प्रधानन्यायाधीश हुँ, त्यसमा मलाई कुनै दुःख लागेको छ भन्ने यदि कसैलाई भ्रम छ भने पनि त्यो भ्रम मात्रै हो । मलाई कदापि छैन ।

त्यत्रो सम्मान गर्ने मान्छेले तपाईलाई आग्रह गरेका छन् कि मार्ग प्रशस्त गरिदिनुपर्यो भनेर । त्यो पनि त स्वीकार्य होला नि तपाईंलाई ?

मैले तपाईलाई भनिहालेँ नि । मैले यो पद विधि र पद्दतिले पाएको हो । विधि पद्दति र संविधानका धारा र व्यवस्था बमोजिमका क्रियाहरूबाट मात्रै यो जान सक्छ । अन्य जुन उहाँहरूले भनेको जस्तो निकासको कुरा हो भने त्यो मेरो मनमा लाग्यो भने मैले गर्ने कुरा हो । मबाट गल्ती भएका छन् भने मलाई लागेर मैले गर्ने हो । र, मेरो बाध्यता छ भने मैले गर्ने हो ।

तपाईंलाई लागेको छैन मैले गल्ती गरेको छु, छोड्नुपर्छ भन्ने ?

मैले भनिहालें नि, जुन किसिमका अहिले दबाबहरू सिर्जना भएका छन्, ती भ्रमपूर्ण छन् । ती गलत छन् । गैरतार्किक छन् । ती गैरसंवैधानिक छन् । त्यस्तो क्रियालाई मैले कहिल्यै पनि, हिजो पनि साथ दिइनँ । आज पनि दिन्नँ र भोलि पनि दिन्नँ ।

तर, एउटा प्रश्न अनुत्तरित नै रहिरह्यो क्या, तपाईंका बाँकी न्यायाधीशहरू एकातिर इजलासमै नबस्ने, तपाईं एक्लै कसरी न्यायपालिका चलाउनुहुन्छ ?

यो भ्रम हो । मेरा न्यायाधीशहरू कोही पनि मभन्दा बाहेक पनि छैनन्, न्यायपालिका भन्दा बाहेक पनि छैनन् । यति ठूलो सर्वोच्च अदालतजस्तो निकायका न्यायाधीशहरूले आफ्नो संवैधानिक दायित्व र कर्तव्य बुझेका छन् । बाहिर आएका जति पनि कुराहरू छन्, यी सप्पै भ्रम हुन् । यी कुनै पनि कुरामा सत्यता छैन ।

त्यसोभए अहिले तपाईंलाई राजनीतिक नेतृत्वले आश्वस्त पारेका छन्, महाअभियोग लगाउँदैनौँ भनेर ?

मैले यत्ति कुरो भनेपछि त तपाईले बुझ्नुस् न । उहाँहरू सबैलाई यो विधि र प्रक्रिया अवलम्बन गर्ने हाम्रो त सार्वभौम सम्पन्न संसद छ । त्यहीँबाट निकास लिएर म प्रधानन्यायाधीश भएको हुँ । त्यहीँबाट निकास लिएर म विदाई हुनुपर्यो भने बिदा हुन तयार छु ।

स्रोत : बीबीसी नेपाली

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh